मुख्य समाचार
उच्च शिक्षामा सामुदायिक क्याम्पसको योगदान महत्वपूर्णः सांसद गुप्ता | वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य : प्रहरी महानिरीक्षक डा. केसी | रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै |

उच्च शिक्षामा सामुदायिक क्याम्पसको योगदान महत्वपूर्णः सांसद गुप्ता

Ujyalosandeshonline 12681+ समाचार ( )
२ मंगशिर २०८३, मङ्गलबार

नवलपरासी । सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताले सर्वसाधारणमा उच्च शिक्षाको पहुँच पुर्‍याउन सामुदायिक क्याम्पसहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । महाकवि देवकोटा क्याम्पसको १६औँ सभालाई सम्बोधन गर्दै उहाँले शैक्षिक गुणस्तर सुधार, पूर्वाधार तथा यातायात सुविधा विस्तार र अतिक्रमित जग्गाको स्वामित्व क्याम्पसलाई दिलाउन पहल भइरहेको जानकारी दिनुभयो । उहाँले बीबीए सङ्कायमा नेपाल प्रथम हुन सफल क्याम्पसकी छात्रालाई बधाईसमेत दिनुभयो ।

सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सभामा क्याम्पस प्रमुख अनिलकुमार बस्नेतले आर्थिक वर्ष २०८२/८३ मा रु छ करोड ३९ लाख ५५ हजार आम्दानी र रु पाँच करोड ५५ लाख ७४ हजार खर्च भएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । करिब एक हजार चार सय विद्यार्थी अध्ययनरत उक्त क्याम्पसको सभासँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशनको प्रक्रियासमेत अघि बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार