मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताबाट धरान बाहिरियो

Ujyalosandeshonline 12548+ समाचार ( )
२१ माघ २०८१, सोमबार

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै धरान फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७–६ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुवै टिमले ५–५ गोल गरेका थिए । धरानका मनोज राइको प्रहार पोस्ट बाहिर गएपछि युके एफसीका हेमराज भुजेलले निर्णायक गोल प्रहार गरेर टिमलाई सेमिफाइनलमा प्रवेश गराए । पहिला सुरुमा दोर्जे तामाङ, विवेक राई, सुगम जिमी, कार्लोस साम, बाफोरले लगातार गोल गरेका थिए । 

युके एफसीका लागि विशाल क्षेत्री, सुदिश राई, सिर्जल राई, रुस्तम प्रधान र राज रोउथले गोल गरेपछि पेनाल्टी ५–५ मा पुगेको थियो । त्यसपछि सडनडेथमा धरानका प्रज्वल थापाले छैटौं गोल गरेका थिए । आकाश प्रधानले युेका लागि गोल गरेपछि सडन दुवै टिम बराबरी अवस्थामा रहेका थिए । गोलकिपरको कुनै पनि भूमिका नदेखिएको खेलमा धरानका मनोज राइको प्रहार बाहिर पुग्यो भने युके एफसीका हेमराज भुजेलले गोल गर्दै जित दिलाए । 

निर्धारित समयमा युके एफसीका हेमराज भुजेलले १८ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, ४४ औं मिनेटमा धरानका विनोद राईले गोल गर्दै बराबरीमा ल्याएका थिए । दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा नतिजा निकाल्न भने पेनाल्टी हुँदै सडनडेथसम्म पुग्नु परेको हो । प्रतियोगिता अन्तर्गत सोमबार नवजनजागृति र भुटानको आरपीसी क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार