मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी

Ujyalosandeshonline 12674+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकृती विसङगती आउन नेता मात्र जिम्मेवार नभई जनता पनि जिम्मेवार रहेको बताएका छन् । शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । 

उनले भने, ‘हाल देशमा विकृती विसङगती आउन राजनेता मात्र जिम्मेवार छन् भनेर म भन्दिन । पटक–पटक चुनावहरु हेरिरहेको छु । संसदमा पनि हेरिरहेको छु । देशलाई गलत दिशातिर लानलाई धेरैथोरै राजनीतिक पार्टी जसले जनताको अगुवाइ गर्छन्, प्रशासनमा बस्छन् । चुनावबाट आएर पाँच वर्ष भष्ट्राचार गर्छन । अनि त्यही पैसा लगेर फेरी चुनावमा बाँड्छन् । फेरि तीनैलाई लाइसेन्स दिएर जनताले त्यही भष्ट्रचार गर्ने ठाउँमा पठाएको पनि हामीलाई थाहा छ ।’

उनले लोकतन्त्र र गणतन्त्र अप्ठारोमा परेको भन्दै लोकतन्त्रवादीहरुले भ्रष्टाचार गर्नेहरुलाई कडाइका साथ कारवाही गरी हटाउनसक्ने बताए । उनले छोटो समयमा जनताको चाहना अनुरुप नेता फेरबदल गर्न सक्ने तर व्यवस्था वा संस्था परिवर्तन गर्न लामो समय संघर्ष गर्नुपर्ने बताए । उनले नेता, कार्यकर्ता र प्रशासन मा बस्नेहरुको चिन्ता कमाउनेमा मात्र सिमित भएकाले मुलुकले यस्तो दुर्दशा व्यहोरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार