मुख्य समाचार
नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी |

कारागारबाट भागेका ७ जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

Ujyalosandeshonline 11902+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा । रूपन्देही प्रहरीले नेपालमा जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरू छन्। चितवन कारागारबाट भागेका भारतको हरियाणाका सवारी अङ्गभङ्ग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान , भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी , भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यपलाई भारतीय एसएसबीले भारत पस्ने क्रममा पक्राउ गरेको थियो ।

नवलपरासी कारागारबाट भागेकी रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना , र केन्द्रीय कारागार काठमाडौँबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा र कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेभु पाशुआ पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदीहरू नेपाल र भारतको सीमा हुँदै भारतमा भाग्न सक्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ। भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार