मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

एमाले निकट अनेरास्ववियुले जेठमा विद्यार्थी महोत्सव गर्ने

Ujyalosandeshonline 11844+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले स्थापना दिवसको अवसर परोर विद्यार्थी महोत्सव गर्ने भएको छ ।अनेरास्ववियुले आगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव आयोजना गर्न लागेको हो ।

स्थापना दिवसलाई ऐतिहासिक बनाउने हेतुले विद्यार्थी महोत्सव गर्न लागेको अनेरास्ववियुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्म गिरीले बताए । 

‘सूचना प्रविधीमा नेपालले के गर्दै छ ? विश्व जगत एआइमा पुग्दा नेपाल कहाँ पुग्यो ? कहाँ चुक्यो? भन्ने विषयको खोजका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएको छौं’ उनले भने । महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । 

विश्वविद्यालयका इनोभेटिभ प्रतिभाहरुमार्फत विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने हेतुले महोत्सवको आयोजना गरेको बताएको आयोजकले करियर काउन्सिलिङ गर्ने, युवा सांसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी ,विश्वविद्यालय जानकारी, कानूनी शिविर,लाइभ पेन्टिङ प्रतियोगिता,चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका विविध चौधवटा कार्यक्रमलाई महोत्सवमा समावेश गरेको बताएको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विद्यार्थीलाई पढाईंसँगै सिप र उद्यमसँग जोड्न महोत्सवले भूमिका खेल्नेछ । 

‘नयाँ पुस्ताका विद्यार्थीलाई देशको संस्कृतिसँग जोड्न विविधतायुक्त कल्चरल प्रस्तुतसहित यावत् कुराको ज्ञान र अध्ययनको केन्द्र यस महोत्सवमा राख्ने र देखाउने जमर्को गरेका छौं’ अध्यक्ष बडालले भने । 

 महोत्सवमा नेपालमा विद्यार्थीको मूल्य, गुणस्तर र प्रवर्धनका लागि शिक्षाविद्, विद्यार्थी र सरोकारवालाहरूसँग छलफल समेत गर्ने जनाएको छ  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार