मुख्य समाचार
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक | ग्यास आपूर्ति सहज बनाउन आयल निगमलाई ध्यानाकर्षण | मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह | अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य | साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | आज देशैभर कांग्रेसको पालिका अधिवेशन | सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी | राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन | गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग |

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

रासस 675+ समाचार ( )
७ अशोज २०८३, बुधवार

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती सडकमा सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइनेछ । त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो ।

सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ । भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार