मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नेपालकै पहिलो त्रि–दिवसीय क्रिकेट प्रतियोगिता भैरहवामा

Ujyalosandeshonline 12461+ समाचार ( )
२२ माघ २०८०, सोमबार

भैरहवा । मंगलबार देखि भैरहवामा तीन दिवसीय क्रिकेट प्रतियोगिताको आयोजना हुदैछ । पहिलो श्रेणीको क्रिकेट अन्र्तगत रहेको यो प्रतियोगिता भैरहवामा आयोजना हुने भएको हो । 

रातो बल र सेतो पोशाकमा तीन दिनसम्म खेलाईने यो खेल नेपालमा अन्यत्र नखेलाईएको आयोजक रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गले दावी गरे । “बिशेषतः खेलाडीहरुलाई ठूलो फम्र्याटका खेलमा अभ्यस्त बनाउने उद्देश्य सहित यो प्रतियोगिताको अवधारणा ल्याएका हौं ।” गुरुङ्गले भने “यस्तो खेल नेपालको अन्य स्थानमा आयोजना भएको जानकारी छैन ।”

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुने यो प्रतियोगिता यस बर्ष दोश्रो संस्करण हो । गत बर्ष पनि यसै अन्र्तगत एक खेल भईसकेको गुरुङ्गले बताए ।  खेल ३ सम्म सञ्चालन हुने र यसमा प्रत्येक टोलीले २ ईनिङ्ग खेल्नुपर्ने छ । खेलमा रन, विकेट लगायतमा अंक दिदै जाने र खेल बराबरी हुने अवश्था आए अंककै आधारमा विजेताको घोषणा हुने गुरुङ्गले बताए । 

यस बर्ष प्रतियोगितालाई भैरहवाकै करणी ईण्टरप्राईजेजका सञ्चालक सुनिल सेठिया र हरिश सेठियाले सहयोग गरेका छन् । बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मरणमा आयोजना हुने प्रतियोगितालाई “स्वर्गीय पवन कुमार ममोरियल तीन दिवसीय क्रिकेट प्रतियोगिता” नाम दिईएको छ । माघ २३ गते देखि सुरु भई प्रतियोगिता माघको २ गते सम्म चल्ने खेल संयोजक पुनित पोखरेलले बताए । रुपन्देही सुपर लिगको २०७८ सालको विजेता मेलबर्न क्रिकेट क्लब र २०७९ सालको विजेता वेष्टर्न क्रिकेट क्लब बिच प्रतियोगिता हुनेछ । विजेतालाई २० हजार पुरस्कार राशी रहेको यो प्रतियोगितामा करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

स्वर्गीय पवन कुमार ममोरियल तीन दिवसीय क्रिकेट प्रतियोगिता लगत्तै रुपन्देही क्रिकेट संघले कलेज स्तरिय प्रतियोगिता तथा रुपन्देही सुपर लिगको आयोजना गर्ने कार्यक्रम रहेको संघका उपाध्यक्ष धिरज क्षेत्रीले बताए । 

संघका उपाध्यक्ष धिरज क्षेत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका निर्वतमान कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार