मुख्य समाचार
रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा | कोप–३१ मा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले टर्कीए प्रस्थान | नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी महानिरीक्षकको निर्देशन | रूपन्देहीमा अवैध भारतीय फूल तथा प्लास्टिकका माला बरामद | अवैध आईफोनसहित दुई भारतीय नागरिक भैरहवाबाट नियन्त्रणमा | नेपाली गाडीलाई भारत लैजान सीमा नाकाबाटै अनुमति दिने तयारी | एकै दिन कुकुरतिहार र लक्ष्मीपूजा: बिहान कुकुरको पूजा, साँझ दीपावली | नवलपरासीमा भन्सार छलीका अवैध सामान बरामद |

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

Ujyalosandeshonline 12651+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

इलाम । अबिरल वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको छ ।इलाम नगरपालिका–६ घोष गाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका–६ बस्ने अर्जुन दनुवारको छोरा ३ वर्षीय आवास दनुवर, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको हो । 

यस्तै सन्दकपुर गाउँपालिका–१ छाँगे बस्ने छबि धन राईको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने ४३ वर्षीय भिम बहादुर राई, ६६ वर्षीया हरिमाया राई, सोही गाउँपालिका–४ बस्ने ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, सोही गाउँपालिका–३ बस्ने ७४ वर्षीया सारादा सेडाई र ४८ वर्षीया तारा देवी राईको पुरिएर मृत्यु भएको हो ।

यसैगरी माईजोङमाई गाउँपालिका–३ प्याङ बस्ने ८२ वर्षीय बर्मलाल सोङमीको घरमा पहिरो जाँदा बर्मलाल, ७० वर्षीय बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृती सोङमीको पुरिएर मृत्यु भएको हो । यस्तै सूर्योदय नगरपालिका–१ मानेभञ्याङ बस्ने राजु क्षेत्रीको घरमा पहिरो जाँदा ६५ वर्षीया मन माया क्षेत्री, १० वर्षीया रस्मिका क्षेत्री, दोलखा घर भएका ४५ वर्षीय दिप बस्नेत, उनकै श्रीमती ४४ वर्षीया भवानी बस्नेत र छोरी १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको हो ।

यसैगरी देउमाई नगरपालिका–५ ढुसेनी बस्ने ३० वर्षीय दिपक लिम्बुको घरमा पहिरो जाँदा दिपक, उनकै श्रीमती २७ वर्षीया ऋषिका लिम्बु, छोरी १० वर्षीया दिपिस्का लिम्बु, भतिजो ९ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बुको मृत्यु भएको हो । साथै प्रहरीले १ जनाको सकुशल उद्दार गरेको छ । 

यस्तै देउमाई नगरपालिका–५ झारे बस्ने मन कुमार लिम्बुको घरमा पहिरो जाँदा उनकै छोरा २२ वर्षीय रोशन लिम्बु र बुहारी २२ वर्षीया बेबिसा राईको मृत्यु भएको हो । यस्तै देउमाई नगरपालिका–३ लक्ष्मीबोटे बस्ने गणेश मगरको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण मगरको पुरिएर मृत्यु भएको हो ।

यसैगरी माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँ बस्ने मदन लिम्बुको घरमा पहिरो जाँदा उनकै आमा ५७ वर्षीया कृष्ण माया लिम्बु, फुपु ५० वर्षीया माया लिम्बु र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ बस्ने १७ वर्षीया नेहा राईको मृत्यु भएको हो । साथै प्रहरीले ५ जनालाई उद्दार गरेको छ । यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटे बस्ने २८ वर्षीय सुरेश लिम्बुको घर नजिकै गाईगोठ हेर्न जाने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो । 

यस्तै माईजोगमाई गाउँपालिका–६ ओडारे बस्ने भक्त बहादुर थेवेको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीया मुनुसा थेवेको पुरिएर मृत्यु भएको छ ।  पहिरो गएका स्थानहरूमा तत्काल स्थानीय प्रहरी टोली खटि गई आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार