मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

एमालेले युवा महोत्सव गर्ने

Ujyalosandeshonline 12611+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

काठमाडौं । नेकपा एमालेले युवा महोत्सवको आयोजना गर्ने भएको छ । एमालेले ‘युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । 

उनले भने,‘अब युवा पुस्ताकै समीपमा रहेर समस्याको पहिचान गर्ने र समाधानका उपायको खोजी गर्ने अनि ‘समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन अभियान अगाडि बढाएका हौं । देशव्यापी आयोजना गरिने अभियान हामीले काठमाडौंमा थालनी स्वरूप ‘युवा महोत्सव–२०८०’ एवम सम्मानको आयोजना गर्दैछौं ।’

उनले कार्यक्रम युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै रहेको बताए । कार्यक्रम पश्चात् सुझाव सल्लाहको आधारमा अर्को चरणका महोत्सव समारोहहरूको आयोजना गरिने समेत उनले बताए ।

उनले भने,‘विभिन्न क्रियाकलापहरुको बीचमा आयोजना हुन गइरहेको महोत्सव युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै हो । कार्यक्रम पश्चात् प्राप्त सबै प्रकारका सुझाव सल्लाहको आधारमा अर्को चरणमा प्रवेश गर्छौं ।’ काठमाडौंको टुँडिखेलमा हुने महोत्सव पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार