मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

एमालेले युवा महोत्सव गर्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

काठमाडौं । नेकपा एमालेले युवा महोत्सवको आयोजना गर्ने भएको छ । एमालेले ‘युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । 

उनले भने,‘अब युवा पुस्ताकै समीपमा रहेर समस्याको पहिचान गर्ने र समाधानका उपायको खोजी गर्ने अनि ‘समाज परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन अभियान अगाडि बढाएका हौं । देशव्यापी आयोजना गरिने अभियान हामीले काठमाडौंमा थालनी स्वरूप ‘युवा महोत्सव–२०८०’ एवम सम्मानको आयोजना गर्दैछौं ।’

उनले कार्यक्रम युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै रहेको बताए । कार्यक्रम पश्चात् सुझाव सल्लाहको आधारमा अर्को चरणका महोत्सव समारोहहरूको आयोजना गरिने समेत उनले बताए ।

उनले भने,‘विभिन्न क्रियाकलापहरुको बीचमा आयोजना हुन गइरहेको महोत्सव युवा शक्तिलाई समाज रुपान्तरण दिशामा अभिप्रेरित र जागृत गराउने उद्देश्यको सुरुवाती खुड्किला मात्रै हो । कार्यक्रम पश्चात् प्राप्त सबै प्रकारका सुझाव सल्लाहको आधारमा अर्को चरणमा प्रवेश गर्छौं ।’ काठमाडौंको टुँडिखेलमा हुने महोत्सव पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार