मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ?

Ujyalosandeshonline 10783+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पु¥याएको थियो । ५६ प्रहरी भवन ध्वस्त, ८४ सवारीसाधन जलेर नष्ट, लुटिएका हतियार अझै पूर्ण फिर्ता नभएको अवस्था । संगठनको भौतिक संरचना मात्र होइन, मनोबलसमेत गम्भीर रूपमा प्रभावित भएको थियो ।

तर अब, दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व सुरु भएसँगै प्रहरीलाई नयाँ जिम्मेवारी थपिएको छ—सुरक्षा दिनु मात्र होइन, नागरिकको भरोसा फिर्ता ल्याउनु पनि । कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोखरेलका अनुसार अहिले पिकेट, पैदल, साइकल, मोटरसाइकल र मोबाइल गस्ती बढाइएको छ । 

सादा पोसाकमा प्रहरी परिचालन गर्दै चोरी, जुवातास, मादक पदार्थ दुरुपयोग, आतसबाजी, सडक दुर्घटना र महिला–बालबालिकामाथि हुने दुव्र्यवहारलाई नियन्त्रण गर्ने तयारी गरिएको छ । सीमा क्षेत्रमा पनि कडाइ गरिएको छ । प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार भारतसँग जोडिएका नाकामा यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

तर, सुरक्षा मात्र पर्याप्त छैन । प्रहरीभित्रको मनोबल र बाहिरको नागरिक भरोसा दुवै पुनःस्थापित गर्न आवश्यक छ । आन्दोलनले ‘प्रहरी कमजोरी देखायो’ भन्ने आम धारणा बनेको सन्दर्भमा चाडपर्व प्रहरीका लागि ‘भरोसाको परीक्षा’ सावित हुनेछ । प्रहरी स्रोतका अनुसार क्षतिग्रस्त युनिटलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइए पनि अझै धेरै ठाउँमा साधन–स्रोतको कमी छ । यस्तो अवस्थामा पनि सेवा प्रवाहमा अवरोध नआउने गरी प्रहरी सक्रिय रहेको दाबी गरिएको छ ।

यसरी हेर्दा, यसपटकको चाडपर्व केवल उत्सवको मात्र होइन, आन्दोलनपश्चात् कमजोर बनेको प्रहरी संगठनले आफ्नो ‘विश्वसनीयता’ पुनः स्थापित गर्ने अवसर पनि हो । कोशी प्रदेश प्रहरीका अनुसार लागु भएको सुरक्षा यो सम्पूर्ण जिल्ला प्रहरी कार्यायहरुमार्फत लागु हुने छ । सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक केशवकुमार थेवेले समेत जेनजी आन्दोलनपछिको अबस्थाललाई समेत मध्यनजर गर्दैै चाडवाडमा सुरक्षा प्रदान गर्ने जनाएका छन् । 

सिमामा भिड, प्रहरीको चेकजाँच

चाडपर्व नजिकिँदै गर्दा भारत–नेपाल सिमानामा भीड बढेको छ । रोजगारीका लागि भारतमा गएकाहरू फर्किन थालेका छन् भने विराटनगर–जोगबनी बजारबीचको आवतजावत पनि चहलपहलपूर्ण भएको छ । तर, यससँगै कडाइ गरिएको सुरक्षा चेकचाँचले सामान्य यात्रुलाई असहजता थपेको छ ।

रानी बीओपीका अनुसार पछिल्लो आन्दोलनपश्चात् सीमाक्षेत्रलाई संवेदनशील ठान्दै सुरक्षा योजना कडा पारिएको हो । प्रस्तावित सिमाशुरक्षा गुल्म रानीका डिएसपी विकास खतिवडाले अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार