मुख्य समाचार
पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने | रोहिणीको मुहार फेर्न विकासका पूर्वाधार र लालपुर्जाको समस्या तत्काल हल गर्ने मन्त्री लम्सालको प्रतिबद्धता | सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन | मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन | सशस्त्र प्रहरीको सक्रियता: साढे सात लाख बढीको अवैध सामान र चौपाया नियन्त्रणमा | कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित | मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह | वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध | युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु | मनसुनजन्य विपद्को पूर्वतयारीमा रहन मुख्यमन्त्रीको निर्देशन |

स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

Ujyalosandeshonline 11954+ समाचार ( )
१८ असार २०८१, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन् । 

सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘ करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौ । प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ । उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ । प्रधानमन्त्रीबाट यो कुराको पुष्टि भएको छ । ६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ । काम गर्न पनि सहज हुन्छ । जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने ?’

मन्त्री यादवले आफूले जे बचन दिएपनि गरेर देखाउने बताए । ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन । तर म काम गरेर देखाउँछु,’ उनले भने ।

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ ? भन्ने प्रश्न गरे । ‘राजनीतिले मलाई कुनै फरक पर्दैन् । म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उनले भने । 

यतिबेला काम गर्ने समय आएको उल्लेख गर्दै परिणाम नै दिनेगरी र जनतालाई निराश नबनाउनेगरी काम अघि बढाएको उनको दावी थियो । 

उनले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति दुःख व्यक्त गरे । ‘आयुर्वेद सुतिसकेको थियो । वैद्यखाना पनि लोप भएको छ, त्यसलाई जगाउन कोशिस गरिरहेको छु । साउन कट्न दिनु काम सुरु भएको छ कि छैन देखाउन सक्छु । युवा छु युवामाथि त विश्वास गर्नुस,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार