मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रसायनिक मलको सहज व्यवस्थापन असम्भव : मन्त्री अधिकारी

Ujyalosandeshonline 12461+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रसायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन् । आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन् ।

उनले भने, ‘रसायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन । १३ लाख टन  रसायनिक मल बजारमा आवश्यक छ । हामीसँग साँढे ४ लाख टन मात्रै रसायनिक मल छ । हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं । कारण के हुनसक्छ भन्दा आर्थिक रुपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’ 

साथै उनले रसायनिक मलका लागि बजारमा जुन ढंगको आलोचना भइरहेको छ त्यसलाई स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए ।उनले रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानिय तहमा पुर्याइने बताए ।

उनले भने, ‘आर्थिक रुपमा हामी चाँही रसायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपथ्र्यो त्यो सकेका छैनौं । सहज व्यवस्थापन हुन सकेको छैन र  बजारमा जुन ढंगको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले  प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौं । प्रदेशमार्फत प्रत्येक स्थानिय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौं मन्त्रालयको तर्फबाट ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार