काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै मातहतका सम्पूर्ण युनिटहरूलाई जुनसुकै बेला परिचालन हुन सक्ने गरी उच्च तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागद्वारा आयोजित भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्नुहुँदै महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको हो। सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै प्रभावकारी ढंगले कार्यसम्पादन गर्न युनिट प्रमुखहरूलाई सचेत गराउनुभयो। सोही अवसरमा महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य सञ्चालन केन्द्रको समेत समुद्घाटन गर्नुभएको छ।