नवलपरासी । नवलपरासीको सशस्त्र प्रहरी बल भुजहवाले भन्सार छली भित्राईएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल भुजहवाका सशस्त्र प्रहरी निरिक्षक प्रेम कार्कीको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छलेर भित्राईएको ८ लाख ६० मूल्य बराबरको कपडा बरामद गरेको हो । उक्त कपडा प्रतापपुर गाउँपालिक- ४ पचफेडमा लुकाएर राखिएको थियो ।
टोलीले विशेष सूचनाको आधारमा भन्सार छलेर भित्राईएको ३ सय ४४ थान मखमली लेडिज सुट बरामद गरेको कार्यालयले जनाएको छ । बरामद कपडा आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
नवलपरासीको तोनवा , रगरगंज , पडरी , गेरमी , विश्नपुरा ,पिपरहिया , महेशपुर र भुजवा नाकाबाट कपडा तस्करी हुने गरेको स्थानीयले बताएका छन ।