मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख

Ujyalosandeshonline 12442+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

मर्चवार ।रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवालाई ८ लाख रुपैयाँ प्रदान गरेको छ । गत २०८० चैत १ गते कोटहीमाई गाउँपालिका वडा नम्बर ५ स्थित दुईमोहानमा भएको ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि शुक्रबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार रकम प्रदान (भुक्तानी) गरिएको कोटहीमाईका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । 

कोटहीमाई गाउँपालिकाबाट ४ लाख ५० हजार, कोटहीमाई वडा नम्बर ५ बाट ५० हजार र वडा नम्बर ७ बाट ३ लाख गरी ८ लाख अस्पताललाई प्रदान गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । वडा नम्बर ७ ले आर्थिक वर्ष २०८०/०८१ मा अवलोकन भ्रमणको लागि बिनियोजन गरेको ३ लाख बजेट उपचार खर्चको लागि दिएको वडाअध्यक्ष पवन कुमार यादवले बताए ।

ईलाका प्रहरी कार्यालय मझगावाँका अनुसार चैत १ गते कोटहीमाई–७ दुबे कटयाका रमापति सहानीको घरमा भागवतको लागि दुईमोहानमा जल भर्न गएको लु १ त ५५४७ नम्बरको ट्याक्टर पल्टिदा ३३ जना घाइते भएका थिए । 

दुर्घटनामा घाइते ३३ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले उहाँहरुलाई भर्ना गरी शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनले भने, ‘सामान्य घाइते भएका धेरैलाई २ देखि ८ दिनसम्म उपचार गरी डिस्चार्ज गरिएको थियो । तर, कोटहीमाई–७ कि सुमित्रा यादव, शारधा मुराव, शिवशंकर दुवे, ज्ञानमति मुराव र उर्मिला यादवको अवस्था गम्भीर रहेकोले आइसीयूमा राखेर उपचार गरिएको थियो । कसैको हात, कसैको खुट्टा र कसैको नाक, कान, घाटी (इएनटी) सम्बन्धी शल्यक्रिया गर्नुपरेको थियो । उहाँहरुलाई २७ दिनसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।’ 

सम्पूर्ण उपचारमा करीब २२ लाख खर्च भएकोमा दुर्घटना भएकै दिन पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रमोद कुमार यादवले ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

अहिले कोटहीमाई गाउँपालिकाबाट ८ लाख रुपैयाँ प्राप्त भएको प्रबन्ध निर्देशक पौडेलले बताए । त्यसबाहेक वक्यौता रकम प्रदेश सरकारबाट आउने आश्वासन पाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार