मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै

Ujyalosandeshonline 12321+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

मुगु । मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा ब्यवसायरुपमा खेति गर्दै आई रहेका कृषकहरुलाई ओखर खेती लगाउने आधुनिक प्राबिधिक ओखर खेतीबाट आत्म निर्भर बनाउनको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाईको आयोजनामा हिउँदे फलफूल ब्यावस्थापन सम्बन्धि  प्रशिक्षणमा  ओखर खेती लगाउने विधि सिक्दै छन् ।

अगुवा कृषकहरुलाई तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र सैद्धान्तिक कक्षा सञ्चालन हुनेछ । अगुवा कृषि प्राविधिकहरूको सहभागिता रहेको उक्त तालिम कार्यान्वयन ईकाईको आयोजनामा सोमवारदेखि सुरु भएको हो । 

ओखर उत्पादन प्रविधि र गुणस्तरीय बिरुवा उत्पादनका प्रविधिहरूका बारेमा अगुवा कृषि प्राविधिकहरूलाई व्यावहारिक रूपमा सिकाउने मुख्य उद्देश्य रहेको र मुगुलाई आउँदा दिनमा ओखरका बिरुवा उत्पादन गरी बाहिर जिल्ला निर्यात गर्ने र बिरुवा सहित आत्मनिभर जिल्ला बनाउने उदे्श्यका  साथ प्रशिक्षण दिँइदै  छ ।

साथै तालिममा सकेसम्म बढी व्यावहारिक ज्ञान दिने हिसाबले करिब ६० देखि ७० प्रतिशत व्यावहारिक रुपमा कृषकहरुको सहभागीमा नर्शरी फर्ममा गएर काम गरेको र ३० देखि ४० प्रतिशत जति सैद्धान्तिक कक्षाहरू दिइने छ ।

ओखर खेती तालिममा कृषक र प्राबिधीक गरी जम्मा २१ जनाको सहभागी रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय मुगुका प्रमुख तेज बिक्रम मल्लले बताए ।

तालिममा ओखरको प्रसारणः सायन तथा रुट स्टक छनोट र प्रसारण गर्ने प्रमुख विधिहरू सहभागीहरूलाई सिकाइने आयोजकले जनाएको छ । तालिममा टङ्ग ग्राफ्टिङ् र चिप वडिङ्, ओखरको फूल फूल्ने प्रक्रिया, तालिम तथा काँटछाँट, वाक्सिङ्, टप वर्किङ्, नेचुगी र ब्रिज ग्राफ्टिङ् विधिहरूको बारेमा व्यावहारिक रूपमा सिकाइनेछ ।

तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्त्व, सम्भावना तथा चुनौतीहरू र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ । त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनोट, रेखाङ्कनका विधिहरू, खाडलको तयारी र रोपण, जग्गा छनोट, बगैँचा व्यवस्थापन सिँचाइ, गोडमेल, मल्चिङ्, अन्तरबाली व्यवस्थापन,  भण्डारण तथा बजारीकरणको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि प्रदान गरिएको थियो । 

ओखर खेतीको व्यावसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यावसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा पनि जानकारी गराइनेछ । ओखरको प्रसारण सायन तथा रुट स्टक छनोट र प्रसारण गर्ने प्रमुख विधिहरू, गुणस्तरीय बिरुवा उत्पादनको लागि बीउको छनोट, उपचार, रुट स्टक बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनलगायतका विषयमा पनि तालिममा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको तालिमका प्रशिक्षक तथा बागबानि अनुसन्धान केन्द्रे राजिकोट जुम्लाका वैज्ञानिक राजकुमार गिरीले बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार