मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

प्रजातन्त्र दिवसमा प्रदेश सरकारले स्वंयसेविकाहरूको सम्मान गर्ने

Ujyalosandeshonline 12342+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश भरिका महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ । उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६–८) सम्म दिवस मनाइने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले शिशु गर्भमा आएदेखि नै गर्भवती र त्यसपछि  सुत्केरी महिलाको हेरचाहमा दिनरात खटिने स्वयम् सेविकालाई प्रोत्साहनसाथ सम्मान गर्ने तयारी भएको बताएका छन् । 

उनले भने, ‘हामी मानवीय विकासमा केन्द्रीय छौं । गर्भ रहेदेखि नै हेरचाहमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रजातन्त्र दिवसमा प्रोत्साहन र सम्मान गर्दै छौं ।’

स्वयंसेविकाहरुले आफ्ना बालबच्चाको समेत ख्याल नगरी अरुको सेवामा अहोरात्र खटिने गरेको तर मासिक ७ सय मात्र पारिश्रमिक प्राप्त गर्ने अवस्था छ ।

प्रदेश सरकारले स्वास्थ्य महिला स्वंसेविकालाई नगद प्रदेशका प्रत्येक जिल्लाबाट एक–एक जनालाई नगद १५ हजारसहित प्रमाण पत्रका साथ सम्मान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

१४ जिल्लाका एक एक महिला स्वास्थ्य स्वंसेविकालाई नगद १५ हजारका प्रमाण पत्र, चाँदीको सिक्काको लोगो, साडी, झोला छाता टर्चलाइटलगायत सामग्री उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् । प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता पुरस्कृत गर्ने निर्णयले आफूहरू उत्साहित भएको नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले बताइन् ।

स्वयंसेविकाले गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्थाले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ । उनका अनुसार हाल कोशी प्रदेशमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले सेवा गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार