मुख्य समाचार
दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन |

रुपन्देहीमा डुबेर एक बालकको मृत्यु

Ujyalosandeshonline 12334+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवामा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ५ बस्ने १५ वर्षिय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ । 

बिहिबार सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक करिब साढे ३ बजे डुबेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सोही दिन अबेर खबर भएकोले उद्दार र खोजी कार्य सम्भव नभएको हुदा शुक्रबार विहानै देखि खोजी सुरु गरिएको थियो । सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानियहरुको संयुक्त टोलीले खोजी गरे पनि बेपत्ता बालकको भेटिएनन् ।

पछि शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका शसस्त्र प्रहरी निरिक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवश्थामा फेला पारेको थियो ।  मृतक बालकको शवलाई पोष्टमार्टमको लागि भैरहवाको भिम अस्पतालमा पठाई यसबारे थप अनुसन्धान भईरहेको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार