मुख्य समाचार
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश |

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

रासस 656+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा  फेला परेको बन्ठु राउत कडेरी पुजारीको नभएको पुष्टि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गर्नुभयो । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममासमेत सूचना र समाचार सम्प्रेषण भइरहेका सन्दर्भमा प्रदेश प्रहरी प्रमुख अधिकारीले गलत सूचना सम्प्रेषण भएकामा आपत्ति व्यक्त गर्दै यस किसिमको संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग अनुरोध गर्नुभएको हो । 

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि आज एक विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको स्पष्ट गरेको छ । जिप्रका धुनषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भन्नुभयो, “मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो, उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ, घटनाका सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।”प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उहाँ बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ । घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार