मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

रासस 719+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा  फेला परेको बन्ठु राउत कडेरी पुजारीको नभएको पुष्टि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गर्नुभयो । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममासमेत सूचना र समाचार सम्प्रेषण भइरहेका सन्दर्भमा प्रदेश प्रहरी प्रमुख अधिकारीले गलत सूचना सम्प्रेषण भएकामा आपत्ति व्यक्त गर्दै यस किसिमको संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग अनुरोध गर्नुभएको हो । 

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि आज एक विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको स्पष्ट गरेको छ । जिप्रका धुनषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भन्नुभयो, “मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो, उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ, घटनाका सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।”प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उहाँ बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ । घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार