मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पांच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ माघ २०८१, शनिबार

पोखरा । बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगि गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ भने विभिन्न बैंकका ३१ लाख बराबरकाचार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ ।

प्रहरी निरिक्षक जिसीका अनुसार उनीहरुले आफुलाई पांच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् । पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार