मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |

हेटौंडा अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरुले थाले अभियान

Ujyalosandeshonline 11839+ समाचार ( )
१४ पौष २०८१, आइतबार

हेटौंडा । ६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरुले अभियान सुरु गरेका छन् । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा धेरै पुरानो हेटौंडा अस्पताललाई नै घुमाउरो बाटोबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेर सबै चल अचल सम्पति हत्याउन खोजेको आरोप सरोकारवालाहरुले लगाएका छन् ।

आज हेटौंडामा पत्रकार सम्मलेन गरेर २०७६ सालको ऐन नं १४ वमोजिम ऐनको परिच्छेद–६ को दफा १५ को उपदफा १ मा अस्पतालको स्थापना गर्नेछ भनिएकोमा सोहि दफाको उपदफा २ ले चोर बाटोबाट प्रचलित कानुन बमोजिम स्थापित भई संचालन भैरहेको हेटौंडा अस्पताललाई नै उपदफा बमोजिम स्थापना भएको मानिनेछ भनेर भनेकाले हेटौँडा अस्पताल मास्ने योजना अनुसार ऐन आएको भन्दै सरोकारवालाहरु आन्दोलित बनेका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपदफा खारेज गरी हेटौंडाको एकमात्र सरकारी अस्पताललाई जीवित राख्नुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ , ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनको परिच्छेद–२ को दफा ४ को उपदफा ३ बमोजिम प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पति उपभोग गर्न र बेचबिखन गर्न सक्ने व्यवस्था भएकोले जुनसुकै बेला यो सरकारी सम्पति व्यक्तिसरह बेचेर अस्पतालको नामोनिसान मेटाउन सक्ने भएकाले सरकारी सम्पति जोगाउनु सबैको कर्तब्य हो ।’

अस्पतालको ‘चल अचल सम्पति सरकारी सम्पति रहेको र सो सम्पति कुनै संस्था वा प्रतिष्ठानलाई दिनुपर्ने भएमा संघीय मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर मालपोत कार्यालय मार्फत सो संस्थाको नाममा पास हुनुपर्ने हुन्छ । हालसम्म पनि सो सरकारी सम्पति सरकारकै नाममा रहेकोले प्रतिष्ठानको कुनै दाबी लाग्दैन तर विस्तारै प्रतिष्ठानले आफूखुसि बेच्न सक्ने दाबी सरोकारवालाको छ ।

प्रतिष्ठानको रजिस्ट्रार नै अस्पतालको अध्यक्ष हुने प्रावधान भएकाले हेटौंडा अस्पतालको अध्यक्ष पनि रजिष्ट्रार हुने हुँदा अस्पतालको विकास भन्दा पनि राजनीतिक स्वार्थमा लागेर हेटौंडा अस्पताल धरासायी बनाउने तयारी भएको हेटौंडा अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेलले बताए । 

उनले भने,‘हेटौंडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहँदा जिल्लामा निशुल्क खोप निशुल्क प्रसुती सेवा निशुल्क औषधी निशुल्क स्वास्थ्य सेवा जस्ता आवस्यक सरकारी स्वास्थ्य सेवाका कार्यक्रमहरु संचालन नहुने अवस्था आउछ । विभिन्न स्वास्थ्य समस्याको जाँच तथा उपचारमा सरकारी कार्यक्रम र बजेट नहँुदा जिल्लाका जनताले सरकारी स्वास्थ्य कार्यक्रमबाट बन्चित हुनुपर्ने स्थिति रहन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार