मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

भाजपाका पूर्व महासचिवः ‘नेपालको लोकतन्त्र विरुध्द कसैले षड्यन्त्र गर्न सक्दैन’

Ujyalosandeshonline 12612+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं । भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरूत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन् ।  समान संस्कृति र सभ्यता भएका दुइ छिमेकी किन यो कार्यमा सँगसँगै अघि बढिरहेका छैैनन् भनेर उनले जिज्ञासा राखे ।

काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै राम माधवले नेपाल र भारत लोकतन्त्र भएका देश भएकाले भारत सदैव नेपालको लोकतन्त्रको सफलता चाहन्छ भने । उनले नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए ।  

माधवले भने, ‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौं । यो राजनीतिक विषय नै होइन । यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ । यो संम्प्रभुताको विषय होइन ।’

राम माधव इन्डिया फाउण्डेशनका चेयरपर्सन हुन्, उनी राष्ट्रीय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डलका सदस्य पनि हुन् । 

यही २७ मार्च देखि २९ सम्म सञ्चालित सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, इन्डिया फाउण्डेशन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त संयोजनमा सञ्चालन भएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार