मुख्य समाचार
दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन |

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

Ujyalosandeshonline 12334+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  गणतन्त्र दिवस२०८२ दिवसको रूपमा नभई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुनेगरी मनाउनुपर्ने बताए । उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ ।’

बैठकले आगामी  जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् । 

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको  आयोजना गर्न निर्देशन दिए । दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार