मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

कोटहीमाई गाउँपालिकामा निःशुल्क विद्युतीकरण योजना सुरु

Ujyalosandeshonline 11514+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युतीकरणको महत्वाकांक्षी योजना सुरु गरेको छ । यस योजना अन्तर्गत, गाउँपालिका भित्रका किसानहरुलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत आपूर्ति गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार पहिलो चरणमा वडा नम्बर १, २ र वडा नम्बर ३ को केही क्षेत्रमा तारपोल व्यवस्थापनको काम सुरु गरिएको छ । यस योजनाले कृषकहरूलाई सिंचाईका लागि निःशुल्क विद्युत उपलब्ध गराउने उद्देश्य राखेको छ, जसबाट उत्पादन लागत घट्ने र कृषकहरूको उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको अध्यक्ष त्रिपाठीले बताए ।

उनले भने, ‘सिँचाईमा खपत हुने विद्युत गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकहरूको मनोबल उच्च हुनेछ र खेतीपातीमा धेरै सुधार हुनेछ । मर्चवार क्षेत्र कृषिप्रधान क्षेत्र भए पनि यहाँ सिँचाइको अभावले उत्पादनमा समस्या थियो ।’

यो योजना अन्र्तगत विद्युतीय मोटरबाट सिँचाई गर्दा वातावरणमा कुनै असर नपर्ने र उत्पादन लागत पनि कम हुने बताइएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ मा विद्युतीकरण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वडा नम्बर १ का वडाअध्यक्ष राजेश गुप्ताले भने, ‘यो योजना किसानमुखी हो । मुख्य मिटर जडान गरेर कृषि क्षेत्रका लागि निःशुल्क विद्युत सेवा उपलब्ध गराइन्छ ।’ उनले यस कार्यको लागि १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिए ।

सञ्चालन भएको पहिलो चरणको विद्युतीकरण परियोजनाको ठेक्का सैलुङ सूर्य निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि.ले लिएको छ । कम्पनीका सञ्चालक गौतम लामाले भने, ‘एक महिनाभित्र तारपोल विस्तारको काम पूरा गर्ने योजना छ ।’

यस परियोजनाले कृषकहरूको जीवनस्तर उकास्न र स्थानीय कृषि उत्पादनमा वृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार