मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

सशस्त्र प्रहरीद्वारा नौडिहवाबाट १५ केजी गाँजा बरामद

Ujyalosandeshonline 11304+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

भैरहवा । सशस्त्र प्रहरीले १५ केजी २३० ग्राम (१५ पोका) अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सिद्धार्थनगर नगरपालिका–१ स्थित नौडिहवाबाट गाँजा बरामद गरेको हो ।

शनिबार (आज) बिहान ६ः४५ बजे बेवारिसे अवस्थामा झोलामा रहेको र्‍यापिङ्गसहितको गाँजा बरामद गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेले बताए ।

गत वैशाख ४ गते सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले रोहिणी गाउँपालिका-१ मा भारतीय कन्टेनरबाट २७२.३३ केजी गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार