मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

"प्रहरी थप नागरिकमुखी र पीडितमैत्री बन्नुपर्छ" : आईजीपी कार्की

Ujyalosandeshonline 12321+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी संगठनलाई थप नागरिकमुखी र पीडितमैत्री बन्न निर्देशन दिनुभएको छ ।

मंगलबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै नयाँ सुविधासम्पन्न भौतिक संरचनाले प्रहरी कर्मचारीलाई सेवा प्रवाहमा थप उत्साह र प्रभावकारिता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

महिला, बालबालिका र ज्येष्ठ नागरिक जस्ता संवेदनशील समूहको सुरक्षाका लागि प्रहरी सधैं तत्पर रहने बताउँदै उहाँले प्रविधि र समयअनुसार प्रहरीको व्यवहारमा पनि सकारात्मक परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो। युएनओपिएसको २ करोड ३६ लाख ६४ हजार ७ सय १ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न भएको उक्त १२ कोठे भवनले हिंसा पीडितहरूलाई आवश्यक सबै सेवा एकै ठाउँबाट दिन सहज तुल्याउनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा र लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र बहादुर खत्रीले आधुनिक संरचनाले शान्ति सुरक्षा सुदृढ गर्न र मानवीय संवेदनशीलतालाई सम्बोधन गर्न मद्दत पुग्ने धारणा राख्नुभयो। आईजीपी कार्कीले प्रहरीको 'सत्य, सेवा, सुरक्षा' को आदर्शलाई व्यवहारमा उतार्न सकल दर्जाका प्रहरीलाई आग्रह गर्दै पीडितप्रति सधैं न्यायपूर्ण र संवेनदशील दृष्टिकोण राख्न निर्देशन दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार