मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग

Ujyalosandeshonline 12614+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ । महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध बनेको छ ।  निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए ।

गत असोज ३ गते साँझ खसेको पहिरो ठूलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेर आवागमन ठप्प भएको महासंघले जनाएको छ। त्यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाडखोला (बाँदरे मोड) मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएकामा केही समयमै अर्को ठूलो पहिरो खस्नुले यस क्षेत्रमा दिगो समाधान आवश्यक रहेको स्पष्ट भएको महासंघको तर्क छ ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पु¥याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बाँनियाले बताए । विशेषगरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली नै अस्तव्यस्त हुनुले जनजीवनमा प्रत्यक्ष असर परेको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको उल्लेख गरिएको छ ।

यस पृष्ठभूमिमा महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ। साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार