मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

अर्घाखाँचीमा निजामती कर्मचारी संगठनद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अनिल नेपाली 139+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति अर्घाखाँचीले आफ्नो स्थापना गरेको अक्षयकोष मार्फत भगवती माध्यमिक विद्यालय, सन्धिखर्क-२ चुत्राबेसीमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । "शहिद मनोज–सुरेन्द्र–झपेन्द्र स्मृति" दिवसको अवसरमा आयोजित एक कार्यक्रममा संगठनले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल तीन जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष पशुपति खनालले संगठनले स्थापना गरेको अक्षयकोषको ब्याजबाट विद्यार्थीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार, विकास पौडेल, समिक्षा खनाल र निर्जला बन्जाडेलाई जनही २५ सय रुपैयाँ नगद र प्रमाणपत्रसहित छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाएपछि विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् ।

संगठनका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज गणेश प्रसाद भण्डारीले विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यमा अझ राम्रो सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष खनालले हाल ५० हजार १ सय १ रुपैयाँ रहेको अक्षय कोषको सावाँ रकममा २५ हजार थप गरी ७५ हजार १ सय १ रुपैयाँ पुर्‍याउने घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुब केसी, कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि प्रसाद डुम्रे लगायत विभिन्न कर्मचारी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । देशका अन्य भागहरूमा पनि नेपाल निजामती कर्मचारी संगठनले शहीद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार