मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

तिहारमा सियारी गाउँपालिकामा प्लाष्टिकका मालामा प्रतिबन्ध

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

 भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपूर्ण रुपमा मनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एकआपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो । 

चाडपर्वको समयमा पटका आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसारपसार गर्ने, जुवातास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ । 

पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने सम्भावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँबासीमा अनुरोध गरिएको छ । त्यस्तै सियारी गाउँपालिकाले दिपावली लगायतका चाडपर्वहरूमा प्लास्टिकका तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीयस्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

shiv Kumar yadav १९ चैत्र २०८०, सोमबार

भनाई हो कि गराई पनि हुन्छ

shiv Kumar yadav १९ चैत्र २०८०, सोमबार

भनाई हो कि गराई पनि हुन्छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार