मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने

Ujyalosandeshonline 12611+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छिन् ।

प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएको छु । त्यसकालागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ ।  तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ ।

यस सिजन सात खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सको लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यससिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स उडिसामा आवद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार