मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला

Ujyalosandeshonline 12548+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विधार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको छ ।

कार्यालयले आधारभुत तह देखि नै विधार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको हो । दुई दिनसम्म संचालन कार्यशालामा नगरभरका सामुदायिक, संस्थागत र धार्मिक विधालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरु सहभागी छन् ।

सन्था विधी अनुसार संन्थामा विधार्थीले शिक्षकले कुनै वर्ण, शब्द, वाक्य र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ्, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विधार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण गर्न नसकेमा शिक्षकले तुरुन्तै सुधार गरी शुद्ध उच्चारणका लागि अभ्यास गराउँछन् ।

विधालयमा विधार्थीहरुको पठनको अनुगमनको क्रममा शुद्धता र द्रुततामा कमजोरी पाइएपछि आधारभूत तह देखि नै विधार्थीहरुमा शुद्धता र द्रुतता ल्याउनका लागि तालिमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।

‘यो तालिमले विधार्थीहरुले पढाई र बुझाईमा कहाँ गलत गर्छन् , ठ्याक्कै त्यसलाई सुधार गर्नका लागि हामीले शिक्षकहरुलाई तालिम दिएका छौँ’ उनले भने, ‘तालिमले विधार्थीहरुको पढाई र बुझाई दुवैमा शुद्धता तथा द्रुतता आउनेमा विश्वस्त छौँ ।’

उदाहरणका लागि कक्षा १ का विधार्थीहरुको शुद्ध र द्रुत पठनका लागि शिक्षकले पठनसीप परिक्षण गर्नेछन् । जसमा विधार्थीले पाठ÷परिच्छेदको कथा पढ्नु्पर्ने हुन्छ । यदि एक मिनेटमा ३५ वा सो भन्दा माथी शब्द शुद्ध उच्चारण र ६० प्रतिशत बुझाई भएमा त्यस विधार्थीलाई एडभान्सको रुपमा वर्गिकरण गरी उत्कृष्ट मानिनेछ । ६० प्रतिशत बुझाईका लागि पनि विधार्थीले पढेको कथाबाट बनाइएको १० वटा प्रश्नको सही उत्तर दिएको हुनुपर्छ । यसैगरी कक्षा दुई र तीनका विधार्थीहरुका लागि पनि पठनसीप जाँच फाराम मार्फत परिक्षण गरिनेछ । विधार्थीले परिक्षणमा गरेको गल्तीलाई सच्याउनका लागि विधार्थीको विवरण सहित डायरी बनाई राख्नका लागि तालिममा शिक्षकहरुलाई सिकाइएको प्रशिक्षक उत्तर कुमार पराजुलीले बताए ।

‘विधार्थीहरुको आधारभुत तहबाटै शुद्ध र द्रुत पठनका लागि हामीले आधारभुत तह (कक्षा १–३) का शिक्षकहरुलाई नै तालिम दिएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेले भनिन्, ‘यसले माथिल्लो कक्षामा विधार्थीहरुको पठनमा शुद्ध र द्रुत हुने विश्वास लिएका छौँ ।’

शिक्षकहरुले लिएको तालिमको बिहिवार विधालयमा अभ्यास समेत गरेका छन् । तालिममा प्राप्त ज्ञान अनुसार लिलाराम न्यौपाने मा.विधालयका शिक्षकहरुले विधालयका एक सय बीस जना विधार्थीहरुको पठनसीपको जाँच र प्राप्त नतिजाको कार्यशालामा विश्लेषण समेत गरेको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार