मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पिकअप गाडी र ट्रयाकटर सहित दुइ चालक पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

रौतहट । रौतहट प्रहरीले किटानाशक  औषधि बोकेको पिकअप गाडी  र गहुँ बोकेको ट्रयाकटरसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्रयाकटर नियन्त्रणमा लिएको हो ।

रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक  औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्रयाकटरलाइ नियन्त्रणमा लिएको छ । ट्रयाकटर चालक ४५ बर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० बर्षको सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल बिजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामनहरु , गाडी र चालकहरुलाई थप अनुसन्धानका लागी आन्तरिक राजस्व करदाता कार्यलय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका  वडा नं ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चिनी , मैदा , तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार