मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |
मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |


मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’

Ujyalosandeshonline 12463+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

सिरहा । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो । आज सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सम्झौतापछि लहान-२ स्थित भानु आधारभूत विद्यालय, लहान-१ स्थित आधारभूत विद्यालय सिंगराही मटियर्वा र लहान-४ स्थित मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा विल्डअनको केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरी सहभागी हुनुहुन्थ्यो । भवन निर्माणका लागि विल्डअन र नगरपालिकाबीच संयुक्त साझेदारी रहनेछ भने स्थानीय समुदायको जनश्रमदान अनिवार्य रहनेछ । यसअनुसार एक विद्यालय भवन निर्माणका लागि लाग्ने अनुमानित लागत रु ४९ लाख ९८ हजारमध्ये संस्थाले रु ३३ लाख ९७ हजार व्यहोर्ने छ भने नगरपालिकाले रु १५ लाख योगदान गर्नेछ ।

निर्देशक चौधरीले ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यकताअनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो । “विद्यालय भवन अभाव, जीर्ण अवस्था र विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर हामीले भवन निर्माणमा सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “लहानबाट यो अभियान सुरु भइसकेको छ र अन्य स्थानमा विद्यालय व्यवस्थापन समिति र प्रशासनसँग छलफल भइरहेको छ ।”

उहाँले सिरहामा २० वटा तथा समग्र मधेस प्रदेशमा ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो । यी आयोजना सम्पन्न भएपछि वार्षिक रूपमा क्रमशः ५० र ६० वटा थप भवन बनाइने उहाँले जानकारी दिनुभयो । विल्डअन एक अमेरिकी अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था हो, जसले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्दै आएको छ ।

संस्थाका स्वयंसेवकहरू प्रत्यक्ष फिल्डमा खटिएर स्थानीय समुदायसँग सहकार्य गर्दै निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । चौधरीका अनुसार निर्माण कार्यमा छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गा उपलब्ध गराउनेछन् । साथै, स्थानीय समुदायको अपनत्व र दीगोपनाका लागि श्रमदान अनिवार्य गरिएको छ ।

 सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा सक्रिय रहेको विल्डअनले समाजकल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण प्रक्रिया अघि बढाउने गरिएको जनाएको छ । हालसम्म संस्थाले नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगाएतमा चार सय ५७ विद्यालयमा भवन निर्माण गरिसकेको छ भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १५ वटा विद्यालय भवन निर्माणाधीन छन् ।

नगरप्रमुख चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न ठूलो सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार