मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 12348+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् । अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् ।

सो क्रममा उनले मंगलबार धनुषाको हंसपुर नरगपालिकास्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना, शिक्षकको उपस्थित, विद्यार्थीहरुको पढाई, विद्यालयका समस्याहरुबारे जानकारी लिएका छन् । 

उनले कक्षा कोठाभित्रै पुगेर विद्यार्थीहरुसंग पढाइ लेखाइका बारेमा कुरा गरेका छन् । साथै उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसंग छलफल गरेका छन् । मुख्यमन्त्री सिंहले शिक्षकहरुलाई समयमा विद्यालय आउन र विद्यार्थीहरुको पठन पाठनमा ध्यान दिनुका साथै नियमीत गृहकार्य दिएर कापी चेक गर्न निर्देशन दिए ।

उनले अभिभावकहरुलाई आआफ्नो छोराछोरीले कक्षा कोठामा पढेका कुराहरु घरमा चेक गर्न आग्रह गरे । उनले छोराछोरी विद्यालय गएकी गएन्न, गृहकार्य गरेकी गरेनन् लगायत चेक गर्न अभिभावक हरुलाई आग्रह गरे । मुख्यमन्त्री सिंहले विद्यालयहरुमा देखिएका भोतिक संरचना, खानेपानी, सौचालय लगायतका समस्या समाधान गर्न स्थानीय तहसंग समन्वय गर्नुका साथै प्रदेश सरकारको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार