रौतहट । रौतहटको गौरबाट चितवन तर्फ जाँदै गरेको एक यात्रु बाहक बसबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५, रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार एक थान पेस्तोल र ९ मिलि मिटरको ३ राउन्ड गोली सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्काले पेस्तोल सहित पक्राउ परेका नागरिकका बारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।