मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

सुनकोशीको बाढीले क्षति पु-याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने

Ujyalosandeshonline 11874+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

रामेछाप । गत असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको पुछिघाटनको झोलुङ्गे पुल आउने वर्षा अघि नै बन्ने बन्ने भएको छ ।

असोज महिनामा आएको भीषण बाढीले खाँडादेवी गाउँपालिका–४ को पुछिघाटमा रहेको झोलुङ्गे पुलमा क्षति पु¥याएको थियो । पुलमा क्षति पुग्दा स्थानीयलाई नदी वारपार गर्न निक्कै समस्या भएको छ ।

पुछिघाटका स्थानीयको खेती सुनकोशी पारी सिन्धुलीको घुमाउने चैनपुर लगायतका क्षेत्रमा भएको, विद्यार्थीहरू पढ्नको लागि नदी तरेर पारी नै जानु पर्ने तथा बिपी मार्गमा जानको लागि पनि नदी तर्नु पर्ने भएको कारण पुलमा क्षति पुग्दा जोखिमपूर्ण रूपमा वारपार गरिरहेका छन् ।

स्थानीयले पुल मर्मत नहुँदा जीवन नै जोखिममा परेको गुनासो गरेपछि वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ प्राविधिक सहित लिएर पुछिघाट पुगेका थिए । प्राविधिकले तत्काल पुल मर्मतको लागि सर्वेक्षण गरेपछि पुल मर्मतको काम अघि बढ्ने भएको छ । ‘केही दिनमा नै काम सुरु हुन्छ, आउने वर्षा अगाडि नै सहज रूपमा आवागमन गर्न मिल्ने गरी पुल बन्छ’, श्रेष्ठले भने ।

सो पुल मर्मतका लागि खाँडादेवी गाउँपालिकाले पहिलो चरणमा रकम बेहोर्ने भएको छ । थप रकम आवश्यक परे त्यसको पनि व्यवस्थापन गरिने श्रेष्ठले बताए ।

यसै गरी सोही दिनको बाढीले क्षति पु¥याएको खाँडादेवी गाउँपालिका–१ बेघारीको झोलुङ्गे पुल मर्मतको लागि पनि आवश्यक पहल भइरहेको उनले बताए । बाढीले सो पुलमा राखिएका स्ल्याप बगाएको छ । ‘सोही नदीले सित्खामा बगाएको झोलुङ्गे पुलको बाँकी रहेका स्ल्यापहरु राखेर पनि मर्मत गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ, चाँडै प्राविधिक लगेर सो काम पनि अघि बढ्छ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार