मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्भवतः आजै अपरान्ह ५ बजे मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको बताइएको छ । तर सरकारका तर्फबाट शपथका सम्बन्धमा राष्ट्रपति कार्यालयमा आधिकारिक पत्र पुगिनसकेको बताइएको छ ।

मन्त्री हुनेहरुमा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुंगो लागेको छ ।

त्यस्तै, नेकपा एमालेले आठ जना मन्त्रीको टुंगो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् ।

एमालेबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्ने निश्चित भएको बैतडी एमाले नेता दामोर भण्डारीले बताए ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुंगो लगाएको छ ।

सो दलबाट उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरुको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार