मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

माओवादी केन्द्र र नेपाल समाजवादी महिन्द्र राय पक्षबिचमा पार्टी एकता सहमती

Ujyalosandeshonline 11904+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबिच पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ ।

सहमती पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो ।

सहमतीमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

यी हुन् दुई पार्टीका बीचमा र्भको पार्टी एकता गर्ने चार बुँदे सहमती

१. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।

२ बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ ।

३ एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।

४ पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार