मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

Ujyalosandeshonline 11768+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् । 

साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार गर्न र नयाँ राजनीतिको बाटो बनाउनको लागि भदौ २४ गतेको विध्वंश र जेनजीहरुको माग नयाँ पानी ढलो हुन्छ भन्ने आम जनताको विचार गलत साबित भइरहेको पनि उनको भनाई छ । उनले जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो त्यो बिस्फोटबाट मुलुकले केही नपाएको भन्दै पुराना भनिएका ठूला सत्ताधारी पार्टीका तीनै अनुहारहरु जस्ताको त्यस्तै फर्किनु यो कुराको प्रमाण भएको बताए । 

उनले भने, ‘जनताको आक्रोस र निराशबाट जुन एउटा बिस्फोट भयो, त्यो बिस्फोटबाट मुलुकले केही नपाउने देखिदैछ । फेरि पनि तिनै अनुहारहरु, पुराना भनिएका ठूला सत्ताधारी पार्टीका अनुहारहरु जस्ताको त्यस्तै फेरि राजनीतिमा फर्किने संकेत देखिदैछ ।’ उनले ‘वर्तमान ठोस परिस्थिति र पार्टी निर्माण’ शिर्षकको प्रस्तावमाथि बैठकले विस्तृत छलफल गरेको पनि बताए । बैठकबाट जेनजीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूमाथि छानविन गरी कारवाही गर्न जोडदार माग गर्ने प्रस्ताव पनि पारित भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार