मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड

Ujyalosandeshonline 12614+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् । शुत्रबार पोखराको पुरानो टुँडिखेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले आयोजना गरेको तेस्रो ऐतिहासिक टुँडिखेल तिज महोत्सवको उद्घाटन गर्दै उनले कुशाषन, सामाजिक विभेदहरुको अन्त्य गरेर सुशाषन कायम गर्ने नयाँ अभियानमा रहेको बताएका हुन् ।  

उनले भने, ‘हामी अहिले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको एउटा नयाँ अभियानमा छौ । हामी कुशाषनको अन्त्य गरेर सुशाषन कायम गर्ने एउटा नयाँ अभियानमा छौ । हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक सम्मृद्धिको नयाँ अभियान लिएर अगाडि बढ्दै छौ ।’

अध्यक्ष प्रचण्डले सामाजिक साँस्कृतिक कार्यक्रमले सकरात्मक भाव पैदा गर्न र एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्ने समेत बताए । ‘अझै थुप्रै चुनौति र समस्यासँग हामीले जुध्नुपरेको छ । मलाई लाग्छ, यस्ता कार्यक्रमहरुले हामी सबैमा नकरात्मक भाव हैन, सकरात्मक भाव पैदा गर्न विभाजन र विकेन्द्रित मनोविज्ञान हैन, एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्न नेपाल विविधतामा एकताको सुन्दर फलबारी हो भन्ने हामी सबैले महशुस गरेका छौ,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार