मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल

Ujyalosandeshonline 11042+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताउनुभएको छ । आज प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात कँडेलले विगतको तुलनामा कामको गति बढेको बताउनभयो । विगतमा धेरै छलफल भए पनि काम हुन नसकेको र जनगुनासो बढेको ती क्षेत्रमा यसपटक निर्माण व्यवसायीहरूले काममा तदारुकता देखाएको उहाँले बताउनुभयो । 

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा काम गर्ने निर्माण व्यवसायीले भुक्तानीको चिन्ता लिनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशले एउटा सकारात्मक सन्देश दिएको छ । कर्णालीमा काम गरेबापतको भुक्तानी पाइन्छ । रकमको अभावले काम रोकिँदैन ।”‎ बजेट मात्र छुट्याएर नहुने भन्दै कार्यान्वयन गर्ने निकायको तत्परता र निर्माण व्यवसायीको इमानदारिता भएमा सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । “तपाईँहरू समयमै काम सक्नुहोस्, आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । 

पश्चिम क्षेत्रमा विशेष गरी बड्डीचौर–खम्बागाडेलगायतका सडकमा विगतमा काम नहुँदा जनतामा नैराश्यता र अविश्वास पैदा भएको थियो । उहाँले रानीघाट–भुरिगाउँ सडकजस्ता लामो समयदेखि अल्झिएका आयोजनाले पनि अहिले गति लिएको जानकारी दिनुभयो । ‎कँडेलले सरकारी कामकारबाहीको प्रक्रियाले गर्दा काममा ढिलाइ हुने गरेको स्वीकार गनुभयो । 

बजेट भएर पनि टेन्डर प्रक्रिया, मूल्याङ्कन र छनोट गर्दा तीन–चार महिना लाग्ने र त्यसले गर्दा फागुन–चैतमा मात्र काम सुरु हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हामीले साउनबाटै टेन्डर निकाल्ने सुरुआत गरेका छौँ, ताकि समयमै काम सुरु होस्”, उहाँले भन्नुभयोे, “मनको गतिले मात्र हुँदैन, विधि र प्रक्रियाले पनि साथ दिनुपर्छ । यद्यपि कानुनी र प्रक्रियागत झन्झटहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।”‎

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार