मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सिद्धबाबामा पहिरो जाँदा मोटरसाइकल चालकको मृत्यु, श्रीमती घाइते

Ujyalosandeshonline 12444+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

पाल्पा । पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-३ स्थित सिद्धबाबा मन्दिर नजिक मंगलबार दिउँसो गएको पहिरोले मोटरसाइकल पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार, बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल चलाइरहेका पाल्पा रामपुर नगरपालिका– ६, तालपोखराका जनक भण्डारीको पहिरोमा परी मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती कल्पना चापागाईं घाइते भएकी छिन् । घाइते चापागाईंको उपचार भइरहेको प्रहरीले जनाएको छ । सिद्धबाबा क्षेत्र वर्षायाममा पहिरोको उच्च जोखिममा रहने गर्दछ र यस खण्डमा पटक-पटक यस्ता दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार