मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

दान बहादुर बुढा 45+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ ।

श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चारपाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मुल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौ धौ परिरहेको असौजी बिकले बताइन् । 

‘कान्छी छोरी गर्भमै हुँदा श्रीमानको मृत्यु भयो । उनी अहिले चार महिनाको छिन । जेठी छोरी पाँच बर्ष, माइली तीन वर्ष र साहिली दुई बर्ष पुगिन् । उनीहरुको लालनपालनमै समस्या भइरहेको छ,’विकले अगाडि भनिन्,‘श्रीमानको टाउकोमा सानो चोट लागेपछि बिस्तारै ठूलो घाउका रुपमा फैलियो । पछि क्यान्सर भएको थाहा भयो । उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो । ऋण लाग्यो तर उहाँलाई बचाउन सकिएन् । चारपाँच लाख रुपैंयाँ ऋण लाग्यो ।’

छोरीहरुलाई अलपत्र राखेर काम गर्न जानपनि समस्या भइरहेको उनले सुनाइन् । ‘काम गर्न जान नपाएपछि बिहान–बेलुका छाक टार्न, छोरीहरुका लागि तत्ताकपडा किन्न नसक्दा पिरलो परिरहेको छ । श्रीमानले मजदुरी गरेरै हामीलाई पाल्नु भएको थियो । अहिले अवस्था विग्रिएको छ,’२५ वर्षीया विकले भनिन् ।

सुत्केरी हुँदा राम्रो स्याहार नहुँदा हाल आँखा र खुट्टा सुनिने समस्या रहेको सुनाउँदै उनले भनिन्,‘छोरीहरु विद्यालय जान खोज्छन्, अरु साथी स्कुल गएको देखेपछि जाने इच्छा गर्छन् । तर लुक, किताब, कापी नहुँदा घरमै बस्न बाध्य छन् ।’

छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे । ‘रामबहादुर विकलाई बचाउनका लागि धेरै सहयोग गरियो । तर बचाउन सकिएन् । अहिले छोरी र श्रीमतीलाई आवश्यक सहयोग जुटाउन मुस्किल भइरहेको छ । सबैले सहयोग गरिदिए उनीहरुको भविष्य राम्रो हुनेथियो,’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार