मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

‘तपश्वी’ रामबहादुर बमजनले पाए सफाइ

Ujyalosandeshonline 12320+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको बताइन्छ ।

उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको हो। आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो। बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

बमजन २०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका थिए । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो। विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार