मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

रुपन्देही प्रहरीद्वारा ११ लाखभन्दा बढी मूल्य‍को अवैध चिनी सहित पीकअप बरामद

Ujyalosandeshonline 12206+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

भैरहवा । रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअप बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मंगलबार राती २ बजे मायादेवी गाउँपालिका–५ स्थित पर्सहवाबाट ५६ बोरा चिनी र गाडी बरामद गरेको हो ।

बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षिय ईश्वर भुसालले चलाएको र बुटवल–१३ का २० वर्षिय अर्जुन कुँवर सवार भएको लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको अवस्थामा चिनीसहित गाडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

चिनी र गाडीसहित अन्दाजी मूल्य रु. ११ लाख ८२ हजारको स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि मानिस, चिनी र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार