मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

२७ औँ स्वास्थ्य सेवा दिवस: अर्घाखाँची कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

Ujyalosandeshonline 12320+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

अर्घाखाँची । २७ औँ स्वास्थ्य सेवा दिवस २०८२ को अवसर पारेर अर्घाखाँचीस्थित कारागार कार्यालयमा रहेका कैदी बन्दीहरूको स्वास्थ्य परीक्षण तथा नसर्ने रोगको स्क्रिनिङ गरिएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र अर्घाखाँची अस्पतालको सहकार्यमा सम्पन्न उक्त शिविरमा करिब १०० जना कैदीबन्दीले स्वास्थ्य सेवा लिएका छन्।

कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले पछिल्लो समय मानिसहरूमा नसर्ने रोग तीव्र रूपमा बढिरहेकाले समयमै रोगको पहिचान गरी उपचार प्रकृया सहज बनाउन यस्ता शिविर फलदायी हुने बताउनुभयो। त्यसैगरी, स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले सरकारले माघ र फागुन महिनालाई नसर्ने रोग पहिचान अभियानका रूपमा चलाएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा १५ हजार नागरिकको परीक्षण गर्ने लक्ष्य राखिएकोमा हालसम्म करिब १४ हजारको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ।

अस्वस्थ खानपान, सहरी जीवनशैली र शारीरिक व्यायामको कमीका कारण जिल्लामा क्यान्सर, मृगौला र मधुमेह जस्ता नसर्ने रोगहरू बढ्दै गएकोले यसको नियन्त्रणका लागि स्थानीय तहदेखि सबैको सहकार्य आवश्यक रहेको प्रमुख पोखरेलले औँल्याउनुभयो। कारागारभित्रै पुगेर कैदीबन्दीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भएको भन्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्यामहरी भट्टराईले स्वास्थ्य कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार