मुख्य समाचार
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न |

आफ्नो कुकर्म ढाकछोप गर्न दुई ठुला दल मिलेका छन् : राजेन्द्र महतो

Ujyalosandeshonline 12396+ समाचार ( )
२६ माघ २०८१, शनिबार

भैरहवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कुनै प्रकारले पनि अहिले देशको अवस्थालाई ठीक मान्न नसकिने जिकिर गरेका छन् । उनले देश कुनै पनि क्षेत्रमा ठीकसँग अगाडि बढ्न नसकेको बताए ।

शनिबार बिहान रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्था नाजुक रहेको बताए । मुलुकको सभ्यता र संस्कृतिमाथि दिनदहाडै आक्रमण भइरहेको उनको भनाइ छ । उनले पाथिभरामा केबुलकार निर्माण गर्न नहुने बताए ।

लोकतान्त्रिक मूल्यमान्यताका लागि जनताले धेरै संघर्ष गरे पनि आज देशमा लोकतन्त्रमाथि संकट ल्याउने प्रयास गरिएको बताए । ‘यहाँ पक्ष र विपक्ष देखिएन, काँग्रेस र एमाले (पहिलो र दोस्रो पार्टी) लोकतान्त्रिक मूल्यमान्यताको हत्या गर्न पुगे’उनले भने, दुईटै मिलेर जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ देशलाई अगाडि बढाउन खोजिरहेका छन् ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले यो देशमा सत्ता पक्ष र प्रतिपक्ष नदेखिएको दावी गरे । आफ्नो कुकर्मलाई ढाकछोप गर्न दुई मुख्य पार्टी मिलेको उनले आरोप लगाए । आफ्नो सत्ता स्वार्थका लागि काँग्रेस–एमाले मिलेको उनले दावी गरे ।

‘काँग्रेस, एमाले र माओवादीले यो देशलाई यो अवस्थामा पुर्याएका हुन्, जनताको विश्वासमाथि तीन दलले घात गरेका छन्’उनले भने–‘नेपाली जनताले विकल्पको खोजी गरिरहेको छ । देशमा परिवर्तन आवश्यक छ र त्यसको लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता छ ।’ जनताको मागअनुसार संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

‘राज्यले पनि बदलाको भावनाले काम गरिरहेको कुरा सत्य हो, तर, रवि लामिछानेले पनि केही न केही गरिरहेको कुरा आइरहेको छ उनले भने–‘सहकारी ठगी धन्दामा संलग्नता देखिएको कुरा मिडियाले लेखिरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार