भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिभागिय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी क्लबले जित निकालेका छन् । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेश विरुद्ध १३१ रनको फराकिलो जित निकालेको छ । भने शसस्त्र प्रहरी बलले गण्डकी प्रदेशलाइ ३१ रनले पराजित गरेको छ ।
आफ्नै गृह मैदान सिद्धार्थ क्रिकेट रङ्गशालामा २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश २७.१ ओभरमा सबै विकेट गुमाउदै ११२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्ताल देव खनालले सर्वाधिक ३७ रन बनाए । मनिस थापा र विप्रसन केसीले समान १३/१३ रन र नर सार्कीले १२ रन बनाए ।
बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए । यसै गरि नरेन साउदले २ विकेट र सोमपाल कामी, आकाश चन्द र बसीर अहमदले समान १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको आर्मीले बसीर अहमदको अर्धशतकको सहयोगमा ४९.२ ओभरमा अलआउट हुदै २४३ रन बनाएको थियो । बसीर अहमदले १०४ बलमा ६ चौकाको सहयोगमा ८६ रन बनाए । यसै गरि भिम सार्कीले ४४ रन, तिर्थराज दासले ३१ रन र सोमपाल कामीले २८ रन बनाए ।
बलिङमा लुम्बिनीका अजय चौहानले ४ विकेट लिदा कृष्ण कार्की, निर्मल गुरुङ्ग, रमेश कुर्मी, विप्रसन केसी, नर सार्की र देव खनालले समान १/१ विकेट लिए ।
८६ रन बनाएर लुम्बिनीको एक विकेट समेत लिएका त्रिभुवन आर्मी क्लबका बसीर अहमद म्यान अफ द म्याच घोषित भए ।
यस संगै ८ खेल खेलि सकेको लुम्बिनी प्रदेश ४ मा जित र ४ मा हार संगै ८ अंक प्राप्त गरेको छ भने ८ खेलनै खेलेको आर्मी ७ मा जित र १ मा हार गरि १४ अंक सहित अंकतालिकाको दोश्रो स्थानमै कायम रहेको छ ।
यसै गरि आईतबार नै सम्पन्न अर्को खेलमा शसस्त्र प्रहरीले क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ । २५८ रनको लक्ष्य पछ्याएको गण्डकीको टोली ५० ओभर पुरा खेल्दै ८ विकेटको क्षतिमा २२७ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि अर्जुन कुमालले ३९ रन बनाए भने दिनेश बुढामगरले ३४ रन, सन्दिप अर्यालले अविजित २४ रन बनाए
बलिङमा शसस्त्रका अभिषेक गौतमले ३ विकेट लिए । यस्तै अमर रौटेलाले २, किशोर महतो, रोहित पौडेल र भुवन कार्कीले समान १/१ विकेट लिए ।
यस अघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको शसस्त्रले २५८ रन बनाएको थियो । शसस्त्रका लागि आसिफ शेखले ७४ बलमा १० चौका र १ छक्का हिर्काउदै ८० रन बनाएका थिए । यस्तै लोकेश बमले ४६ रन, सुमित महर्जनले ३१ रन, कमल ऐरीले २५ रन र अमर रौटेलाले २४ रन बनाए ।
बलिङमा गण्डकीका सन्दिप पराजुली र सन्दिप अर्यालले समान ३/३ विकेट बाँड्दा कमल परियारले २ र चन्द्रकान्त पौडेलले १ विकेट हासिल गरे ।
८० रन बनाउनुभएका शसस्त्रका आसिफ शेख खेलको म्यान अफ म्याच चुनिए ।
जारी प्रतियोगितामा ७ खेल खेलेको शसस्त्र प्रहरी ५ मा जित र २ मा हार सहित १० अंक लिई अंकतालिकामा तेश्रो स्थानमा रहेको छ भने ८ खेल खेलेको गण्डकी एउटामा मात्र जित निकाल्दै २ अंक सहित अंकतालिकाको पुछारमा पुगेको छ ।
भोली शुक्रबारको खेल अन्तर्गत सिद्धार्थ क्रिकेट रङ्गशालामा गण्डकी प्रदेश र मधेश प्रदेश बिच तथा एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र शसस्त्र प्रहरी क्लब बिच हुनेछ ।