राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीद्वारा चुनावी वाचापत्र सार्वजनिक

अनिल नेपाली 141+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। पार्टीका प्रतिनिधिसभाका उम्मेदवार हरि भुसाल, कार्यवाहक सभापति कमल मरासिनी, प्रदेश सदस्य तथा निर्वाचन परिचालन समितिका सभापति दिनेश बिकल्प लगायतका नेताहरूले एक कार्यक्रमका बीच उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्रलाई 'वाचापत्र' नाम दिएको छ। उम्मेदवार हरि भुसालले वाचापत्रमा समावेश गरिएका विषयहरूलाई पार्टीले गम्भीरतापूर्वक लिने बताएका छन्। उनले जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका महत्त्वपूर्ण भौतिक संरचना, अलपत्र योजना, दीर्घकालीन गौरवका रणनीतिसहितका विकासका योजनाहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

वाचापत्रमा अर्घाखाँचीको समग्र विकास र समृद्धिका लागि विभिन्न प्रतिबद्धताहरू व्यक्त गरिएको छ। विशेष गरी शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार, रोजगारीका अवसर सिर्जना, अधुरा विकास परियोजनाहरूलाई पूर्णता दिने र जिल्लाको दिगो विकासका लागि रणनीतिक योजनाहरू कार्यान्वयन गर्ने कुरालाई जोड दिइएको छ । पार्टीका नेताहरूले वाचापत्रमा उल्लेखित योजनाहरूलाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको र यसबाट जिल्लाका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार