मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

अर्घाखाँचीको सन्धिखर्कमा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वडा नं. ७ मा शान्ति सुरक्षा र प्रहरी सेवा प्रवाहका विषयमा सर्वसाधारणको सुझाव तथा गुनासो सुन्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय खनका प्रहरी निरीक्षक फल बहादुर तामाङको अध्यक्षता र वडा अध्यक्ष चुरा बहादुर के.सी.को प्रमुख आतिथ्यतामा वडा कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ–संस्था, आमा समूह तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष के.सी.ले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीको प्रयासमा नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए भने प्रहरी निरीक्षक तामाङले मंसिर महिनाका गतिविधिबारे जानकारी गराउँदै जनताको सुझाव अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी सहायक निरीक्षक संगित परियारले सञ्चालन गरेको उक्त कार्यक्रमसँगै जिल्लाका छत्रदेव, शितगङ्गा, मालारानी र भूमिकास्थान लगायतका क्षेत्रमा पनि नागरिक सुनुवाइ सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार